बेनी
साउन ७
कोरोना भाइरसको महामारीको कारण रोकिएको भिसा जारी गर्ने कामलाई अमेरिकी दुतावासले शुरु गरेको छ । सन् २०२१ को डीभी विजेताहरुलाई भिसा दिन थालिएको हो । प्राप्त सुचना अनुसार जुन महिनामा १६ जना डीभी विजेताहरुले भिसा प्राप्त गरिसकेका छन् । त्यसैगरी जुलाईमा पनि सीमित संख्यामा भिसा जारी भएको छ ।
अगस्ट र सेप्टेम्बरका लागि भिसा र अन्तर्वार्ता हुने तयारी भइरहेको दूतावासले जनाएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार गत महिना २३ जना नेपालीले डाइभर्सिटी भिसा पाइसकेका छन् ।
गत महीना काठमाडौं दुतावासले कूल ३२९ जना नेपालीलाई आप्रवासी भिसा जारी गरेकोमा धेरै अमेरिकी नागरिकका बाबुआमा १९५ जना छन् । अमेरिकी विदेश मन्त्रालयले अदालतमा पेश गरेको कागजात अनुशार विश्वभरबाट जुलाई ८ सम्म आर्थिक बर्ष २०२१ का ४ हजार ३ सय ५ जनाको डाइभर्सिटी भिसा आवेदनहरुबारे निर्णय गरिएको छ ।
महामारीका कारण दुतावासले भिसा आवेदन प्रक्रिया स्थगित गर्दा सन् २०२१ का लागि डिभी चिठ्ठा परे पनि थप प्रक्रिया हुन सकेको थिएन ।