बेनी
असार १८
पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लाबाट संकलित १० हजार ५ सय ९६ नमुनाको परीक्षण गर्दा २ हजार २ सय ९९ जनामा संक्रमण देखिएको हो ।
६ हजार ५ सय ६६ जनाको आरटी पिसिआर र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
यही अवधिमा ३४ जना सङ्क्रमितको मृत्यु भएको छ ।
त्यस्तै सोही अवधिमा ३ हजार ४ सय ५१ जना संक्रमण मुक्त भएका छन् ।
