Notification

×

Iklan

Iklan

म्याग्दी उद्योग वाणिज्य सघले बाँड्यो स्वास्थ्य सामग्री

Sunday, August 1, 2021 | August 01, 2021 WIB Last Updated 2022-07-30T07:39:31Z

बेनी

साउन १७




जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संस्था म्याग्दी उद्योग वाणिज्य सघले कोरोना महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री वितरण गरेको छ । सस्था स्थापनाको ५०औं वर्षगाँठको अवसर पारेर सामग्री वितरण गरिएको अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिएका छन् । 


जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको अवस्थामा संघले स्वास्थ्य सामग्री बाँडेको हो । सदरमुकामस्थित बेनी अस्पतालमा आयोजित एक कार्यक्रममा बेनी अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. दिवान कार्की, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, बालगृह म्याग्दीका अध्यक्ष राजेश शाक्यलाई स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।




त्यस्तै स्थानीय तहमा रहेका सघका इकाइमार्फत् गाउँपालिकाहरुलाई समेत स्वास्थ्य सामग्री वितरण गरिने अध्यक्ष कटुवालले जानकारी दिएका छन् । कोरोना विरुद्ध लड्न आवश्यक पर्ने मास्क, स्यानिटाइजर, पञ्जालगायतका स्वास्थ्य सामग्री खरिदमा १ लाख ७० हजारबढीको स्वास्थ्य सामग्री खरिद गरिएको पनि अध्यक्ष कटुवालले बताएका छन् । 


स्वास्थ्य सामग्री वितरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ, वर्तमान केन्द्रीय सदस्य कुविर श्रेष्ठ, निवर्तमान अध्यक्ष उत्तमकुमार कर्माचार्य, मानार्थ सदस्य नैनकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।


विसं २०२७ सालमा स्थापना भएको म्याग्दी उद्योग वाणिज्य सघले यस वर्ष स्वर्ण वर्षविशेष मनाइरहेको छ । 



×
Berita Terbaru Update