नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी) ले चालू अार्थिक वर्षमा नेपालमा १.५ प्रतिशत अार्थिक विकास हुने प्रक्षेपण गरेको छ । सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको अवस्थामा एडिबीकाे यस्तो प्रक्षेपण सार्वजनिक भएको हाे ।
एडीबीले गत अप्रिलमा सन् २०२१ को पहिलो प्रक्षेपणमा ६.४ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरिएको थियो । तर, त्यसपछि कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको नियन्त्रणका लागि सरकारले अपनाएका निरोधात्मक कदमका कारण त्यसपछि भने आर्थिक गतिविधिहरु खुम्चन पुगे ।
त्यसपछि एडीबीले जुन २०२१ मा ३.१ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । मंगलबार तेस्रोपटक प्रक्षेपण गर्दै एसियाली विकास बैंकले यो वर्ष १.५ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान गरेको हाे । बैंकले आज मंगलबार इकोनोमिक आउटलुकमार्फत एसियाली मुलुकहरुबारे आर्थिक वृद्धिको प्रक्षेपण गरेको हो।
यसैगरी अर्को विकास साझेदार विश्वबैंकले केही समय अगाडी गरेको अनुमान अनुमान अनुसार नेपालमा २.१ प्रतिशत आर्थिक वृद्धि हुनेछ ।
। यी दुई निकायले गरेको अनुमान सरकारको लक्ष्यभन्दा निकै कम हाे ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा सरकारले २.२७ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । तर अन्तिम प्रतिवेदन भने सार्वजनिक गरिसकेको छैन ।
