३ असोज २०७७
संविधान दिवसको अवसरमा म्याग्दीको मङ्गला गाउँपालिकामा दिप प्रज्ज्वलन गरिएको छ । गाउँपालिकाको कार्यालय अगाडि शनिबार साँझ जनप्रतिनिधि र कर्मचारीहरुले दिप प्रज्ज्वलन गरेको गाउँपालिकाका सूचना अधिकृत राजेन्द्र आचार्यले जानकारी दिए ।
कोरोना महामारीको त्रास र सरकारको निर्देशनलाई पालना गर्दै सीमित उपस्थितिमा दिवस मनाइएको छ । त्यसैगरी जिल्लाका अन्य स्थानीय सरकारले पनि विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् ।
यसैबीच संविधान दिवसको अवसर पारेर बेनीमा फलफूल वितरण गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलगायतको सहभागिता रहेको थियो ।
संविधान दिवसका अवसरमा विगतका वर्षमा विभिन्न कार्यक्रम आयोजना हुने गरेकोमा यसपटक कोरोना संक्रमणको त्रासका कारण सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, सर्वसाधारण नागरिकहरुले आआफ्नो घरमा दिप प्रज्ज्वलन गर्ने, विरामीहरुलाई फलफूल वितरण गरी दिवस मनाइएको प्रजिअ अधिकारीले बताए ।