Notification

×

Iklan

Iklan

‘ट्रेसिङ’मा परेका बेनीका थप तीन जना सङ्क्रमित

Thursday, October 22, 2020 | October 22, 2020 WIB Last Updated 2021-12-30T03:26:01Z


बेनी 

कात्तिक ७


कोरोना सङ्क्रमितको ‘ट्रेसिङ’ मा परो बेनी नगरपालिकाका थप तीन जनामा कोरोना भाइरसको सङ्क्रण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा सो जानकारी गराइएको हो ।





निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जारी गरेको विज्ञप्ति अनुसार बेनी नगरपालिका–१ का ४४ वर्षीय पुरुष, ७ नम्बर वडाकी ३९ वर्षीय महिला र १० नम्बर वडाका ३० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

निर्देशक शर्माका अनुसार सङ्क्रमित तीनै जना ‘कन्ट्याट ट्रेसिङ’ मा परेका हुन् । 


म्याग्दीमा पछिल्लोपटिक ‘कन्ट्याट ट्रेसिङ’मा परी स्वाब परीक्षण गराउनेहरुमा भाइरसको सङ्क्रमण बढ्दै गएको छ । यसमा बेनी अस्पतालमा कार्यरत चिकित्सकदेखि मङ्गला गाउँपालिकामा कार्यरत कर्मचारीसम्म रहेका छन् । 


यी नतिजाहरुले म्याग्दीमा पनि भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिँदै गएको देखिएको छ ।


×
Berita Terbaru Update