Notification

×

Iklan

Iklan

दशैंको नवौं दिनः आज सिद्धिदात्रीको पूजा गरी मनाइँदै

Saturday, October 24, 2020 | October 24, 2020 WIB Last Updated 2021-12-30T03:25:59Z


बेनी

कात्तिक ९


बडादशैंको नवौं दिन आज सिद्धिदात्री देवीको पूजा गरी मनाइँदै छ । आजको दिनलाई महानवमीका रुपमा पनि चिनिन्छ । । घटस्थापनाका दिन विधिवत् रुपमा शुरु भएको नवदुर्गाको पूजा आज अर्थात् नवमी तिथिमा सम्पन्न हुन्छ । तर, नवदुर्गाको प्रसाद भने दशमीको बिहान लगाउने परम्परा छ ।




नवमीमा भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ । सिद्धि प्रदान गर्ने देवीको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन् ।सिद्धिदात्री देवीको आराधनाले मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ । महानवमीमा अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि हवन गर्ने विधान छ । यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ । नवमीमा पनि शक्तिपीठ तथा दशैंघरहरूमा पशुबली दिने परम्परा छ । शाकाहारीहरूले भने घिरौंला, कुभिण्डो र नरिवलजस्ता वस्तु बलि दिन्छन् ।


देवीका तीन रूपमध्ये महाकालीलाई शक्तिको स्वरूप मानिएको छ । महाकालीको आराधनाले शक्ति प्राप्ति हुने विश्वास गरिन्छ । समृद्धिको कामना गरेर महालक्ष्मीको पूजा आराधना गरिन्छ । विद्या, बुद्धि प्राप्तिका लागि महासरस्वतीको उपासना गरिन्छ । नवरात्रको बेला घटस्थापना गरेर विभिन्न देवीको आराधना गर्ने, देवीभागवत र दुर्गा सप्तशतीलगायत ग्रन्थको पाठ गर्ने र शक्तिपीठहरूको दर्शन गरी देवीको उपासना गर्ने अनेक विधि छन् ।


×
Berita Terbaru Update