Notification

×

Iklan

Iklan

के हो मालसिरी ?

Saturday, October 24, 2020 | October 24, 2020 WIB Last Updated 2021-12-30T03:25:58Z

बेनी 
कात्तिक ९


दशैं लागेपछि हामी रेडियो, टेलिभिजनमा नयाँखाले धुन बजेको सुन्छौं । घटस्थापना शुरु भएसँगै शुरु हुने यस्तो धुन पछिल्लो समय मोबाइलमा र विज्ञापन सामग्रीमा पनि प्रशस्तै सुन्ने गरिएको छ । 




कोरोना महामारीबारे सचेतनामूलक सन्देश बजाउँदै आएको नेपाल टेलिकमले केही दिनयता यही धुनको सहयोगमा नयाँ सन्देश सम्प्रेषण गरिरहेको छ । हामीमध्ये धेरैलाई यो धुनको नाम के हो ? दशैंकै बेला पारेर यो धुन किन बजाइन्छ ? भन्नेबारे खासै थाहा नभएको हुन सक्छ ।



सुन्दा रमाइलो लाग्ने यो धुनलाई मालसिरी धुन भनिन्छ ।


सामान्यतया दशैं लागेपछि नेपालमा मालसिरी गाउन सुरु हुन्छ । सङ्गीतशास्त्रमा वर्णन गरिएको मालश्री रागको नेपाली रुप नै मालसिरी हो । तर, नेपाली जनजीवनमा मालसिरी भनिने सबै गीतहरु यसै रागमा नगाइएका पनि हुन सक्ने लोकसाहित्यका विज्ञहरु बताउँछन् ।


                        


मालसिरीमा देवीको प्रार्थना गरिएको हुन्छ । राजधानी काठमाडौंमा दशैं लागेपछि मालसिरी गाएर बिहानै देवीको मन्दिर जाने जात्रा सम्पन्न गरिन्छ । 

पहाडी क्षेत्रमा भने दशैंका बेला मालसिरी गाउने गरिन्छ । 


नेपाली समाजमा विशेषगरी गाइनेहरुका माध्यमबाट मालसिरीको धुनमा आधारित गीतहरु गाइएको पाइन्छ । त्यसो त मालसिरी धुन बाह्रैमास गाइने गीत हो । मेलापात जाँदा वा ढिकीजाँतो गर्दा पनि परम्परागत नेपाली समाजमा मालसिरी गाउने गरेको उल्लेख पाइन्छ । 


नेपाली चाडपर्वमध्ये बडादशैंसँग विशेष सम्बन्ध जोडिएकोले पनि मालसिरीको व्यापकता रहेको थाहा हुन्छ।



×
Berita Terbaru Update