असोज २४
अमेरिकी कवि लुइस ग्लोकलाई यस वर्षको नोबेल साहित्य पुरस्कार प्रदान गरिने भएको छ । ग्लोकले आफ्नो कविताको माध्यमबाट ‘काव्यात्मक आवाजमार्फत व्यक्तिगत अस्तित्वलाई सुन्दर ढङ्गले सर्वव्यापी बनाउन’ खेलेको भूमिकको कदर गर्दै यस वर्षको नोबेल साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरिएको द स्वीडिस एकाडेमीले जनाएको छ।
![]() |
| कवि ग्लोक |
ग्लोकको कवितामा मानव समुदायले आफ्नो जीवनकालमा भोग्ने विभिन्न परिस्थितिहरुलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको पाइन्छ।
ग्लोकले सन् १९९३ मा पुलित्जर पुरस्कार र सन् २०१४ मा नेशनल बुक अवार्ड समेत हासिल गरिसकेकी छिन्।
एकाडेमीले ग्लोकलाई फोन गरेर पुरस्कृत गरिएको बारेमा जानकारी दिएको छ। आफूलाई सम्मानित गर्ने निर्णयको स्वागत गर्दै ग्लोकले खुशी व्यक्त गरेको बताइएको छ ।
