Notification

×

Iklan

Iklan

३४३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

Wednesday, October 7, 2020 | October 07, 2020 WIB Last Updated 2021-12-30T03:26:20Z

 बेनी 

असोज २१


पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १४ हजार २०९ नमुना परीक्षणमध्ये १२६१ महिला र २१७८ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।


सङ्क्रमितमध्ये अहिलेसम्म ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । 


मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १६८४ जनामा सङ्क्रमण पुष्टि भएको छ जसमध्ये काठमाडौंका १२९६, ललितपुरका २९३ र भक्तपुरका ९५ जना रहेका छन् ।


पछिल्लो आँकडासँगै देशभरका सकृय सङ्क्रमितको संख्या २५ हजार ७ सय पुगेको छ । यसमध्ये १४ हजार ४११ घरबन्दीकै अवस्थामा छन् भने १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


जनस्वास्थ्यका विज्ञहरुले सकृय सङ्क्रमितको संख्या नाघेमा पुनः बन्दाबन्दी (लककडाउन) गर्नुपर्ने सुझाव दिइरहेका छन् । नेपालमा कोरोना सङ्क्रमण भएनभएको जान्नका लागि गरिने पिसिआर परीक्षण अत्यन्त न्यून रहेकोले सङ्क्रमितहरुको वास्तविक तथ्याङ्क आउन नसकेको आशङ्का गर्दै जनस्वास्थ्यविज्ञहरुले तत्काल परीक्षणको दायरा बढाउने, आइसियु र भेन्टिलेटरलगायतका स्रोतसाधनको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् ।


×
Berita Terbaru Update