Notification

×

Iklan

Iklan

बाल सङ्गठन म्याग्दीको अध्यक्षमा राजेश शाक्य

Tuesday, October 13, 2020 | October 13, 2020 WIB Last Updated 2021-12-30T03:26:14Z

 बेनी

असोज २७


नेपाल बाल सङ्गठन, म्याग्दीको अध्यक्षमा युवा व्यवसायी एवं सामाजिक कार्यकर्ता राजेश शाक्य चयन भएका छन् । संघीय सरकार, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले शाक्यलाई म्याग्दीको अध्यक्षमा नियुक्त गरेको हो । 

“फोनमार्फत् जानकारी पाएको छु,” नवनियुक्त अध्यक्ष शाक्यले भने, “औपचारिक पत्र पाएको छैन ।” 

अध्यक्षः शाक्य


केही दिनअघि मन्त्रालयले विद्या उपाध्याय न्यौपानेको अध्यक्षतामा नेपाल बाल सङ्गठनको केन्द्रमा नयाँ कार्यसमिति गठन गरेको थियो । त्यसक्रममा म्याग्दीमा शाक्यलाई नेतृत्व दिइएको बुझिएको छ । ओली सरकार गठनसँगै गृह मन्त्रालयले नेपाल बाल सङ्गठनको देशभरको सम्पत्ति विवरण सङ्कलन गरेको थियो।

तत्कालीन बडामहारानी रत्न शाहले टुहुरा र असहाय बालबालिकालाई संरक्षण गर्ने उद्देश्यले शुरु गरेको नेपाल बाल सङ्गठन गैरसरकारी संस्थाका रुपमा क्रियाशील छ । 



तत्कालीन जिल्ला पञ्चायत सभापति भेषनाथ शर्माको नेतृत्वमा २०२५ साल असार १९ गते म्याग्दीमा बाल सङ्गठन स्थापना भएको थियो । पञ्चायती व्यवस्था रहँदासम्म पञ्च नेता–कार्यकर्ताको पकड रहेको सङ्गठनमा २०४६ को परिवर्तनपछि कांग्रेस म्याग्दीको हालीमुहाली रहेको थियो ।


×
Berita Terbaru Update