Notification

×

Iklan

Iklan

स्वास्थ्य मापदण्ड पालना गर्दै कक्षा १२ को परीक्षा शुरु

Monday, November 23, 2020 | November 23, 2020 WIB Last Updated 2021-12-30T03:25:17Z

 बेनी 

मङ्सिर ९


कोभिड–१९ को सन्त्रासका कारण स्थगित कक्षा १२ को परीक्षा मङ्गलबारबाट शुरु भएको छ । कोरोना प्रतिकार्यको सुरक्षाका मापदण्ड अपनाउँदै परीक्षा शुरु भएको हो।




परीक्षामा सहभागी हुने विद्यार्थी, निरीक्षक, सुरक्षाकर्मीलगायतलाई अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुरु गरेको छ । न्युनतम स्वास्थ्य मापदण्ड पालना गर्दा हरेक मास्क अनिवार्य  गरिएको छ । त्यस्तै परीक्षा हलमा प्रवेश गर्नुअघि थर्मल गनबाट तापक्रम नाप्ने, स्यानिटाइजर प्रयोग गर्ने र एउटा बेञ्चमा एक जनामात्र परीक्षार्थी बस्ने व्यवस्था केन्द्रहरुमा गरिएको छ । 




यसैबीच परीक्षामा सहभागी हुने विद्यार्थीका लागि आवश्यक सहयोग गर्न भन्दै अनेरास्ववियू, म्याग्दीले परीक्षा केन्द्रहरुमा सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षबाट मास्क, स्यानिटाइजर, थर्मल गनबाट तापक्रम नाप्ने लगायतका आवश्यक सहजीकरण गरिएको थियो ।




बिहान ८ बजेबाट शुरु भएको परीक्षा साढे एक घण्टा मात्र चल्यो । ४० प्रतिशत अङ्कका लागि मात्र परीक्षा लिन लागेकोले थोरै समय तोकिएको बोर्डले जनाएको छ । 




थप ४० प्रतिशत अङ्क कक्षा ११ मा प्राप्त ग्रेडबाट र २० प्रतिशत अङ्क कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट जोडिने छ । परीक्षा मंसिर १६ गते सकिने छ । 


गत वैशाख ८ गतेदेखि शुरु हुनुपर्ने परीक्षा कोरोना कहरका कारण ठीक आठ महिनापछि शुरु भएको छ। कोरोना सन्त्रासका कारण यो वर्ष होम सेन्टरको व्यवस्था गरिएको छ ।



×
Berita Terbaru Update