बेनी
मङ्सिर १५
किशोर र यूवा पुस्तामाझ लोकप्रिय बनेको टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खाता खोलेका छन् । भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् ।
यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । अहिलेसम्म एउटा मात्र भिडियो राखिएको यो एकाउन्टलाई २६ सयभन्दा बढीले फलो गरेका छन् । प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन ।
प्रधानमन्त्रीले गरेको एउटा भाषण यो एकाउन्टमा राखिएको छ । उक्त भाषणलाई २ लाख भन्दा बढीले हेरिसकेका छन् भने १३ हजारभन्दा बढी लाइक्स आएको छ । ३ सयभन्दा बढी कमेन्ट आएको यो भाषणको अंशलाई २ सय ३२ जनाले सेयर गरेका छन् ।
