Notification

×

Iklan

Iklan

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखिः के के छन् एजेन्डा ?

Thursday, December 31, 2020 | December 31, 2020 WIB Last Updated 2021-12-30T03:24:38Z

 बेनी

पुस १७



संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न चार बजे बस्ने गरी आह्वान गरेकी हुन् ।


फाइल तस्वीर


राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिले अधिवेशनको पहिलो दिनको बैठकमा पेश हुने कार्यसूचि तयार गरेको छ ।


संघीय संसद सचिवालयका अनुसार बैठकको शुरुमै अधिवेशन आह्वान र मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ ।


यसैबीच अध्यक्ष तिमिल्सिनाबाट जारी भएको राष्ट्रियसभाका समिति गठनसम्बन्धी आदेश, २०७७ सभाबाट अनुमोदनका लागि पेश हुने कार्यसूचि छ ।


बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले अधिवेशन सफलताका लागि शुभकामना मन्तव्य राख्ने छन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेश गर्ने सम्भावित कार्यसूचि छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गर्ने संसद सचिवालयले जनाएको छ ।


मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा विघटन गरे पनि माथिल्लो सदन राष्ट्रिय सभा जिवितै छ ।



×
Berita Terbaru Update