Notification

×

Iklan

Iklan

शेयर कारोबारमा तिर्नुपर्ने ‘ब्रोकर कमिसन’ घट्यो

Friday, December 25, 2020 | December 25, 2020 WIB Last Updated 2021-12-30T03:24:45Z

 बेनी

पुस ११



शेयर बजारमा कारोबार गर्दा ‘ब्रोकर’लाई बुझाउनुपर्ने कमिसन घटेको छ । शेयर कारोबारमा अनलाइन प्रणाली लागू भएको अवस्थामा समेत पुरानै दरमा कमिसन बुझाउनुपरेको गुनासो बढेपछि नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको हो ।




नेपाल धितोपत्र बोर्डले पुस १२ गते आइतबार देखि लागू हुनेगरी कमिसन घटाएको हो । बोर्डका अनुसार पछिल्लो समय ८५ प्रतिशत बढी शेयर कारोबार अनलाइनबाट हुँदै आएको छ । 


यसअघिसम्म ब्रोकर कमिसन ०.४ देखि ०.६ प्रतिशतसम्म लाग्दै आएको थियो । अब भने ०. २७ देखि ०.४ प्रतिशतसम्म शुल्क लाग्ने भएको छ । 


नयाँ व्यवस्थाअनुसार ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ । त्यस्तै ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत शुल्क लाग्ने छ । 


५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोडभन्दा बढी रकमको कारोबार गर्दा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ । 


बोर्डले ३३ प्रतिशत कमिसन घटाएको हो । घटाइएको कमिसनले पुँजी बजारको विकास र विस्तारमा टेवा पुग्ने बोर्डले जनाएको छ । 


त्यस्तै नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा संस्थागत ऋणपत्र खरिदबिक्री गर्दा ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.१० प्रतिशत, ५ लाखदेखि ५० लाखसम्म ०.०५ प्रतिशत र ५० लाखदेखि माथिको कारोबारमा ०.०२ प्रतिशत शुल्क लाग्ने जानकारी गराइएको छ । 


लगानीकर्ता आफैले अनलाइनबाट कारोबार गरिरहँदा पनि ब्रोकर कमिसन पुरानै, महङ्गो भएको भन्दै लगानीकर्ताले कमिसन घटाउन दबाव दिँदै आएका थिए ।



×
Berita Terbaru Update