Notification

×

Iklan

Iklan

१०० दिनमा १० करोड अमेरिकीले कोरोना खोप पाउने

Tuesday, December 8, 2020 | December 08, 2020 WIB Last Updated 2021-12-30T03:25:00Z

 बेनी

मङ्सिर २४


अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड अमेरिकी जनतालाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्ने लक्ष्य लिएको जानकारी दिएका छन् ।




आफ्नो कार्यकालको पहिलो महिना मै महामारी नियन्त्रणमा लिन नसक्ने तर कोभिड–१९ को हालको अवस्थामा धेरै परिवर्तन आउने पनि बाइडेनले प्रतिबद्धता जनाएका छन् ।


आउँदो जनवरी २० मा सत्ता लिएपछि स्वास्थ्य सेवाको नेतृत्व लिने टिमको घोषणा गर्दै बाइडेनले पुनः अमेरिकीसँग आग्रह गरे ‘१०० दिन मास्क लगाउनु होला ।’


फाइजर/बायोएनटेकको कोरोना भाइरसविरुद्धको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गर्ने तयारी गरिरहँदा सत्ता सम्हाल्न लागेका बाइडेनको यस्तो भनाइ सार्वजनिक भएको छ ।


महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा एक करोड ५० लाख भन्दा धेरै मानिस सङ्क्रमित छन् भने दुई लाख ८५ हजार भन्दा बढी अमेरिकीले ज्यान गुमाएका छन् ।


आफ्नो सरकारको स्वास्थ्य मन्त्रीका रुपमा क्यालिफोर्नियाका महान्यायाधिवक्ता हाबियर बसेरालाई प्रस्तावित गरेको घोषणा गर्दै बाइडेनले भनेका छन्, “मेरो कार्यकालको पहिलो १०० दिनले कोभिड–१९ भाइरसलाई अन्त्य गर्नेछ, म यस्तो वाचा गर्न सक्दिन । तर अवस्था सुधार हुनेछ ।”


×
Berita Terbaru Update