Notification

×

Iklan

Iklan

जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल निर्वाचित

Friday, December 18, 2020 | December 18, 2020 WIB Last Updated 2021-12-30T03:24:51Z

बेनी

पुस ४


म्याग्दी जेसीजका शाखा अध्यक्ष सुजन बरुवाल नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशको भलवारी (बुटवल)मा शुक्रबार आयोजित नेपाल जेसीजको ४७औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट बरुवाल उपाध्यक्षमा निर्वाचित भएका हुन् ।





निर्वाचित १२ जना उपाध्यक्षमध्ये बरुवालले ७१८ मतसहित आठौं लोकप्रिय मत प्राप्त गरेको म्याग्दी जेसीजका वीरेन्द्र श्रेष्ठले जानकारी दिए । 


म्याग्दी जेसीजको सन् २०२० को शाखा अध्यक्ष रहेकै अवस्थामा बरुवाल केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका हुन् । 


सन् २०१४ मा साधारण सदस्यका रुपमा जेसीज प्रवेश गरेका बरुवाल २०१७ मा शाखा उपाध्यक्ष, २०१८ मा कोषाध्यक्ष, २०१९ मा कार्यकारिणी हुँदै २०२० मा राष्ट्रिय उपाध्यक्ष बन्न सफल भएका छन् । 


यसअघि सन् २०१५ म्याग्दी जेसीजका धनञ्जयकुमार श्रेष्ठ जेसीजको राष्ट्रिय उपाध्यक्ष निर्वाचित भई कार्यकाल सम्पन्न गरिसकेका छन् ।


शुक्रबार मतदानको नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै जेसीजका नवनिर्वाचित राष्ट्रिय उपाध्यक्ष सुजन बरुवालले उपाध्यक्षमा प्रस्ताव गर्ने म्याग्दी जेसीजलगायत मतदानसम्मको प्रक्रियामा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।


“जेसीजको उद्देश्य अनुसार युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि सकृय भएर अघि बढ्नेछु,” उपाध्यक्ष बरुवालले भने ।



×
Berita Terbaru Update