Notification

×

Iklan

Iklan

आफन्तको सम्झनामा पदमार्ग निर्माण

Wednesday, December 2, 2020 | December 02, 2020 WIB Last Updated 2021-12-30T03:25:06Z

बेनी

मङ्सिर १७


रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा स्वर्गीय आफन्तको सम्झनामा पदमार्ग निर्माण गरिएको छ । मौवाफाँटका स्थानीय मेनका शर्माको सम्झनामा उनको परिवारले पदमार्ग निर्माण गरिदिएको हो ।




गाउँघरमा परम्परागत रुपमा घाँसदाउरा जान प्रयोग हुँदै आएको बाटो जीर्ण बनेको थियो । त्यसमध्ये पनि अप्ठेरो ठाउँमा ३० मिटर बाटो निर्माण गरिएको छ । मृतक सुवेदीका बुहारी ओमकुमारी खत्रीले सासुआमाको सम्झनामा उहाँहरुले घाँसदाउरा गरिआएको बाटो मर्मत गरेको जानकारी दिएकी छिन् । “अहिले ३० मिटर जतिको बाटोमा सिँढी निर्माण गरेका छौं”, खत्रीले भनिन्, “भविष्यमा पनि अप्ठ्यारो परेको ठाउँमा पदमार्ग बनाउने सोच छ ।”




पदमार्ग निर्माणमा सहजीकरण गरेका स्थानीय मुकुन्दप्रसाद शर्माले तीन दिनसम्म बाटो बनाउने क्रममा १४ हजारजति खर्च भएको जानकारी दिए ।


स्थानीय अगुवा गोपाल शर्माले घाँसदाउरा गर्न वनजङ्गल आउजाउ गर्दा समस्या पर्ने गरेकोमा पदमार्ग निर्माणले सजिलो भएको प्रतिक्रिया दिएका छन् ।


मौवाफाँटका स्थानीय मेनका शर्माको यही मङ्सिर ३ गते ७२ वर्षको उमेरमा निधन भएको थियो ।




परम्परागत नेपाली समाजमा चौतारी चिन्ने, बाटोमा खानेपानीको धारो र पोखरी निर्माण गर्ने चलन रहेकोमा पछिल्लो समय पदमार्ग निर्माणको कामसमेत हुन थालेको छ ।


×
Berita Terbaru Update