Notification

×

Iklan

Iklan

हिउँ छिचोल्दै सीमा–गस्ती

Wednesday, December 9, 2020 | December 09, 2020 WIB Last Updated 2021-12-30T03:24:59Z

 बेनी

मङ्सिर २५



चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुम्लाको  हिल्सामा  स्थापना  भएको  सीमा  सुरक्षा चौकी (बीओपी)का सुरक्षाकर्मी हिउँ छिचोल्दै गस्ती गरिरहेका छन् । यस क्षेत्रमा केही  दिनअघि  हिमपात  भएको  र  तापक्रम  माइनस सात डिग्री सेल्सियससम्म झरे पनि सुरक्षाकर्मीले नियमित गस्ती छोडेका छैनन् ।




हिल्साको  सीमा  सुरक्षा  चौकीका  इञ्चार्ज  सशस्त्र  प्रहरी  निरीक्षक सुरज केसीको नेतृत्वमा रहेको टोलीले किट क्षेत्र, लिमी र नारातर्फ सीमा स्तम्भको निरीक्षण गर्दै आएको छ । अहिले यहाँको तापक्रम माइनस सात  डिग्री  सेल्सियससम्म  झरिसकेको र अझै घट्ने क्रममा रहेको इञ्चार्ज केसीले जानकारीे  दिए  । 



बिहान उठ्दा धारा, शौचालय, बाल्टिनमा राखिएको पानी जम्ने गरेको जानकारी दिँदै जटिल  अवस्थामा पनि  सीमा क्षेत्रमा अवाञ्छित गतिविधि  नहोस्  भनेर  गस्ती  जारी  राखिएको उनको भनाइ थियो।  बीओपीमा २० देखि २५ जना सुरक्षाकर्मी बस्नुपर्नेमा हिल्सामा हाल २० जना छन् ।


चार हजार छ सय मिटर अग्लो नारा लेकमा बाक्लो हिउँ छ र हावा पनि लाग्ने भएकाले समस्या हुने गरेको छ । हिल्सा कर्णाली नदीको गहिरो खोँचमा भएका कारण हिउँदमा घाम पनि थोरै समय लाग्छ । हावा पनि त्यतिकै चल्ने भएको हँुदा त्यहाँको बसाइँ कष्टकर हुने गरेको छ । हिमपातका कारण मङ्सिरदेखि चैतसम्म नारा लेकमा आउजाउ बन्द हुन्छ ।


यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।


×
Berita Terbaru Update