Notification

×

Iklan

Iklan

धनेश्वरी–तारानाथ स्मृति प्रतिष्ठानद्वारा अक्षयकोष स्थापना

Monday, January 11, 2021 | January 11, 2021 WIB Last Updated 2021-12-30T03:24:27Z

 बेनी

पुस २७



म्याग्दीको धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले जिल्लाको शिक्षा, साहित्य, सङ्गीत र पत्रकारिता क्षेत्रका उत्कृष्ट व्यक्तिलाई समेट्ने गरी १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, उनका दाजुहरु मुकुन्द, नारायण, स्वर्गीय मोहन रेग्मी र रामप्रसाद रेग्मीलगायतको परिवारका सदस्यहरुले उक्त कोष स्थापना गरेका हुन् ।





कोषबाट प्राप्त आम्दानीले पुलाचौरको जनकल्याण माविबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने छात्रा, दलित, जनजाति र ब्राह्मण समुदायका विद्यार्थी र सङ्गीत विधामा उत्कृष्ट काम गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने बताइएको छ ।


यसैगरी म्याग्दी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका एक जना पत्रकार र गलेश्वरधामस्थित संस्कृत माविमा अध्ययनरत उपल्लो तहका विद्यार्थीलाई पनि पुरस्कृत गरिने कोषका संस्थापक माधवप्रसाद रेग्मीले जानकारी दिए ।


उक्त पुरस्कारहरु स्वर्गीय रेग्मीको ११४औं जन्मदिन पारी आगामी वैशाखमा वितरण गरिने प्रतिष्ठानले जनाएको  छ ।



×
Berita Terbaru Update