Notification

×

Iklan

Iklan

प्रहरी कार्यालयमा नागरिक सहायता र स्तनपान कक्ष स्थापना

Thursday, January 14, 2021 | January 14, 2021 WIB Last Updated 2021-12-30T03:24:25Z

 बेनी

माघ १



जिल्ला प्रहरी कार्यालय, म्याग्दीको कार्यालय परिसरभित्र नागरिक सहायता कक्ष र स्तनपान कक्ष निर्माण गरिएको छ । रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त कक्षको बिहीबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले उद्घाटन गरे ।





सहायता कक्ष र स्तनपान कक्षका लागि रघुगङ्गा गाउँपालिकाले रु २ लाख ५० हजार र गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले रु ६१ हजार ६९५ रकम सहयोग गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।


सहायता कक्षको भवन सहितको पूर्वाधार र स्तनपान कक्षको स्तरोन्नतिमा ३ लाख ११ हजार ६९५ रुपैयाँ खर्च भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक किरणजङ्ग कुँवरले जानकारी दिए । 





यसैबीच म्याग्दीबाट सरुवा भई जान लागेका प्रहरी नायक उपरीक्षक किरणजङ्ग कुँवर र सहायक प्रमुख जिल्ला अधिकारी मायाँ कुँवरलाई विदाइ गरिएको छ । 


विदाइका क्रममा पत्रकारसँग बोल्दै डिएसपी कुँवरले म्याग्दी बसाइका क्रममा सबै पक्षबाट सहयोग प्राप्त भएकोमा आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।



×
Berita Terbaru Update