बेनी
पुस २७
राष्ट्र निर्माता बडामहाजधिराज पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. १७७९ पौष २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले विशाल नेपाल एकीकरण अभियानको शुरु गरेका थिए । आधुनिक नेपालको शिलान्यास गरेको भन्दै पृथ्वी जयन्तीको अवसर पारेर राष्ट्रिय एकता दिवस पनि मनाउने चलन छ ।
तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूूरदृष्टि व्यक्तिका रुपमा उनको प्रशंसा हुँदै आएको छ ।
पृथ्वी जयन्तीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भेण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले शुभकामना सन्देश दिएका छन् ।
त्यस्तै नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पणसहितका कार्यक्रम तय गरेको छ ।