Notification

×

Iklan

Iklan

आगामी तीन दिन मौसम धुमिल रहने

Friday, January 22, 2021 | January 22, 2021 WIB Last Updated 2021-12-30T03:24:20Z

 बेनी

माघ ९



आगामी तीन दिन आकाश धुमिल नै रहने भएको छ । पछिल्लो केही दिनयता देशभर ह्वात्तै चिसो बढेका बेला मौसम पूर्वानुमान महाशाखाले तत्काल मौसममा कुनै सुधार नआउने जानकारी गराएको हो । अहिले कुनै मौसमी प्रणालीको प्रभाव नरहे पनि पछिल्लो चार÷पाँच दिनयता देशभर चिसो बढेको मौसमविद्को भनाइ छ ।



फाइल तस्वीर


महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार केही दिनदेखि तराईका जिल्लामा लागेको हुस्सु र कुहिरो थोरैमात्रै हटेको छ । “आगामी आइतबारपछि मौसमी प्रणाली परिवर्तन हुने देखिए पनि तत्काल मौसम सफा हुने सम्भावना कम छ,” मानन्धरले भनिन् ।


महाशाखाका अनुसार पानी परेपछि मात्रै बादल हटेर जाने भए पनि तत्काल पानी पर्ने सम्भावना देखिएको छैन । बिहानको समयमा १३ देखि १५ डिग्रीसम्म न्यूनतम तापक्रम पुगे मात्रै केही न्यानो हुने मौसमविद् मानन्धरको भनाइ छ ।


जाडो बढेको भए पनि वर्षा नहुँदा कृषकहरु भने चिन्तित छन् । माथिल्लो पहाडी क्षेत्रमा हलुका हिउँ परे पनि यस वर्ष अझैसम्म हिउँदे वर्षा परेको छैन ।



×
Berita Terbaru Update