बेनी
फागुन १०
प्रचण्ड–माधव नेपाल पक्षधर नेपाल कम्युनिष्ट पार्टी, म्याग्दीको सचिवमा यूवा नेता बालकृष्ण सुवेदी छनोट भएका छन् । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठकले म्याग्दीमा रिक्त अवस्थामा रहेको सचिव पदमा सुवेदीको नाम चयन गरेको हो ।
साविक नेकपा म्याग्दीको कार्यालय सदस्य रहेका सुवेदी सो पार्टीको प्रचार विभाग प्रमुखसमेत हुन् ।
आइतबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले माधव नेपाल र प्रचण्ड पक्षधर नेता कार्यकर्ता छान्दा ५०/५० प्रतिशत भागबण्डा गर्ने सहमति भएको थियो । तर जिल्लादेखि माथिल्लो तहसम्म असन्तुष्टि देखिएपछि यसबारे पुनर्विचार हुने बताइन्छ ।