Notification

×

Iklan

Iklan

यस वर्षको पहिलो हिमपातः खुशी र सकस सँगसँगै

Saturday, February 6, 2021 | February 06, 2021 WIB Last Updated 2021-12-30T03:24:07Z

बेनी

माघ २४





यस वर्षको हिउँदमा म्याग्दी र छिमेकी जिल्लामा पहिलोपटक हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले बिहीबारदेखि शनिबारसम्म हिउँदे झरी र हिमपात हुने उल्लेख गरेको थियो । तर, म्याग्दी र मुस्ताङलगायतका जिल्लामा भने शुक्रबार बिहानदेखि मात्रै छिटपुट वर्षा र उपल्लो भेगमा हिमपात शुरु भएको हो । 





हिउँदे झरीसँगै भएको हिमपातका कारण हिमालपारिको जिल्ला मुस्ताङ र हिमाली जिल्ला म्याग्दीका डाँडाकाँडाहरु सेताम्य बनेका छन् । वर्षा र हिमपातले कृषकहरुाई एकातिर खुशी दिएको छ भने सँगसँगै तिनको दैनिकीमा सकस पनि थपेको छ । यसले गर्दा उच्च पहाडी र हिमाली जनजीवनको दैनिकी प्रभावित बनेको छ ।





मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर तथा चराङमा एक फिटसम्म बाक्लो हिउँ जमेको जानकारी दिएकी छिन् ।



त्यसैगरी म्याग्दीको कुइनेमङ्गले, गुर्जा, लुलाङ, मुदी, मल्कबाङ, कुईनेमङ्गले, टोड्के, खोप्रालेक, घोडेपानी, पुनहिल, महरेडाँडा, नांगी लगायतका क्षेत्रमा हिमपात भएको छ।





शनिबारको विदाका कारण म्याग्दीको टोड्केलगायत यातायातको सहज पहुँच भएका ठाउँमा हिउँ खेल्नेहरुको जमघट भएको छ ।





यसैगरी बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्ली, पुलाचौर, डडुवा, गाजने, ढोल्ठान, पात्लेखेतसहितका माथिल्लो क्षेत्रमा शनिबार बिहानैदेखि बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । 






जिल्लाको उच्च भेगहरुमा एक फिटबढी हिमपात भएको छ भने तल्लो बस्तीका अधिकांश ठाउँहरुमा झण्डै आधा फिटसम्म हिउँ जमेको छ । लेकाली बस्तीहरुको घर आँगनको कुना कुनासम्म हिउँ जमेको छ ।



हिमपातपछिको चिसोका कारण स्थानीयलाई घर बाहिर निस्कन, शौचालय जान र वस्तुभाउलाई घाँसपानी र कुँडोफाँडो खुवाउन समस्या भएको छ । 


हिउँदमा वर्षा र हिमपात नहुँदा कृषकहरुमा बाली बिग्रने चिन्ता थियो । धवलागिरी गाउँपालिका–१ का वडा अध्यक्ष एवं सामाजिक अगुवा झकबहादुर छन्त्यालले हिमपातले कृषहरुमा खुशी पलाएको प्रतिक्रिया दिएका छन् । सिँचाइको व्यवस्था नहुँदा हिउँद र बर्खा जहिल्यै आकाशे पानीमा भर पर्नुपरेको उनको गुनासो छ ।



×
Berita Terbaru Update