बेनी
माघ २५
म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा बेलबहादुर कटुवाल निर्विरोधरूपमा निर्वाचित भएका छन् । शनिबार बेनीमा सम्पन्न संघको २७औं साधारणसभा तथा ११औं अधिवेशनले कटुवालको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति छनाेट गरेकाे हाे ।
शनिबार राति अबेर सम्पन्न भएको अधिवेशनले संघको वरिष्ठ, प्रथम र द्वितीय उपाध्यक्षमा क्रमशः सुविन श्रेष्ठ, राजेश शाक्य र लिलाराम गाैतमलाई निर्वाचित गरेको छ ।
त्यसैगरी संघको महासचिवमा अमित बानियाँ, सचिव र सहसचिवमा क्रमशः सुमन श्रेष्ठ र बाबुराम अाचार्य तथा काेषाध्यक्ष र सहकाेषाध्यक्षमा क्रमशः सुवर्ण रिजाल र नारायण जिसी निर्वाचित भएका छन् ।
अधिवेशनबाट महिला उद्यम विकास समिति, म्याग्दीका अध्यक्ष लक्ष्मी कार्की भण्डारीसहित ३७ सदस्यीय कार्यसमिति निर्वाचित भएको नवनिर्वाचित महासचिव अमित बानियाँले जानकारी दिए ।
अध्यक्षमा निर्वाचित भएपछि प्रतिबद्धता मन्तव्य राख्दै बेलबहादुर कटुवालले अाफू सबैकाे साझा भएको बताउँदै टिम स्पिरिट अनुसार अघि बढ्ने बताए । "मलाई अध्यक्षमा निर्वाचित गर्ने सम्पूर्ण सदस्यप्रति समान दृष्टिकोण राखेर काम गर्छु," बेनी अस्पताल व्यवस्थापन समितका अध्यक्षसमेत रहेका कटुवालले भने, "सबैको भावनालाई समेट्दै संघलाई अगाडि बढाउनु मेराे जिम्मेवारी हाे भन्ने महशुस गरेको छु ।"
निर्वाचित पदाधिकारीसहितका सबै सदस्यलाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रमाेदकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उत्तमकुमार कर्माचार्यलगायतले बधाई दिँदै सफल कार्यकालकाे शुभकामना दिएका थिए ।