Notification

×

Iklan

Iklan

आज ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस

Thursday, February 18, 2021 | February 18, 2021 WIB Last Updated 2021-12-30T03:23:57Z

 बेनी

फागुन ७




आज ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस । वि.सं. २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष नेपालमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । सोही दिनको सम्झनामा आज देशभर विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।



यस अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत यो दिवस मनाउन लागिएको छ ।



फागुन ७ गतेकै जगमा टेकेर वि.सं. २०४६ चैत २६ गते प्रजातन्त्र पुनस्र्थापना भएको थियो भने वि.सं. २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ ।


  

दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ । 


प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत दलका नेताहरुले आमदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।



‘सहमतिलाई निषेध नगर’

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले राजा र जनताको सहमतिबाट खडा भएको नेपाल राष्ट्रमा निषेध र विभेदको राजनीति शुरू भएकोले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको टिप्पणी गरेका छन् ।


७१औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले नेपालको अस्तित्व रक्षा जनता र राजाको सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञा गर्दा अहिलेको अवस्था आएको बताएका हुन् ।


सन्देशमा भनिएको छ, “नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीतिक शुरू गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्तै गएको महसुस आम नेपालीले गरिरहेका छन् ।”



पूर्वराजाले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणालीमात्र नभएको भन्दै यसलाई सामाजिक पद्धति र सन्तुलित खुसीसँग जोडेर हेरिनुपर्ने जिकिर गरेका छन् ।




×
Berita Terbaru Update