Notification

×

Iklan

Iklan

निर्वाचनमा ‘सामाजिक सञ्जाल उपयोग’बारे अलग्गै नीति

Tuesday, February 23, 2021 | February 23, 2021 WIB Last Updated 2021-12-30T03:23:49Z

 बेनी

फागुन ११





निर्वाचन आयोगले निर्वाचनमा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी नीति कार्यान्वयनमा ल्याएको छ । सोमबार बसेको आयोगको बैठकले नीति उक्त नीति स्वीकृत गरेको हो । आयोगको निर्णयसँगै ‘निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ सोमबारदेखि कार्यान्वयनमा आएको छ ।


आयोगका अनुसार “व्यवस्थित, मर्यादित एवं विश्वसनीय सामाजिक सञ्जाल” र “निर्वाचनको स्वच्छताका लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग गर्ने” उद्देश्यले नीति तर्जुमा गरिएको हो ।


आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अवसरको सदुपयोग गर्ने एवम् सामाजिक सञ्जालको प्रयोगबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरणका लागि नीति ल्याइएको जानकारी गराए । एक विज्ञप्ति जारी गर्दै प्रवक्ताले भनेका छन्, “स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सामाजिक सञ्जालको उपयोगलाई सुरक्षित, व्यवस्थित, विश्वसनीय, मर्यादित र पहुँचयोग्य बनाउने” लक्ष्य राखिएको छ ।”


६ ओटा रणनीति रहेको उक्त नीतिमा ३० वटा कार्यनीति तय गरिएको छ । नीति कार्यान्वयनका लागि निर्देशक समिति र कार्यान्वयन समिति जस्ता संस्थागत व्यवस्था गरी समितिका काम, कर्तव्य र अधिकार समेत परिभाषित गरिएको विज्ञप्तिमा उल्लेख छ ।


विज्ञप्तिमा विशेषगरी सूचना प्रविधि एवम् सामाजिक सञ्जालको क्षेत्रमा कार्यरत निर्वाचनका सरोकारवालासँग समन्वय र सहकार्य गर्दै आगामी दिनमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन नयाँ नीति सहयोगी हुने विश्वास व्यक्त गरिएको छ ।



×
Berita Terbaru Update