Notification

×

Iklan

Iklan

‘नक्कली’ सगरमाथा आरोहीलाई ६ वर्ष प्रतिबन्ध

Wednesday, February 10, 2021 | February 10, 2021 WIB Last Updated 2021-12-30T03:24:04Z

 बेनी

माघ २८



सगरमाथा आरोहण गरेको झुटो विवरण पेश गरेका दुई जना भारतीय नागरिकलाई नेपाल सरकारले पर्वतारोहणमा प्रतिबन्ध लगाएको छ । गत सोमबार एक विज्ञप्ति जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त जानकारी गराएको हो । 





मन्त्रालयले विज्ञप्ति जारी गर्दै सन् २०१६ को वसन्त ऋतुमा भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको चुचुरोमा नपुगी आरोहणको प्रमाणपत्र लिएको पुष्टि भएको जनाएको छ ।



यस सम्बन्धमा उजुरी परेपछि मन्त्रालयले छानविन गर्न समिति गठन गरेको थियो । अनुसन्धानबाट उनीहरुले झुट्टा विवरण दिएर प्रमाणपत्र लिएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । उनीहरुले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ को नियम पुरा नगरी प्रमाणपत्र लिएको मन्त्रालयको ठहर छ । उनीहरुको प्रमाणपत्र रद्द गरिएको छ ।




यस्तै दुई जनालाई मन्त्रालयले ६ वर्षको प्रतिबन्धसमेत लगाएको छ । उनीहरुलाई २० मे २०१६ देखि लागू हुने गरी ६ वर्ष पर्वतारोहण गर्न नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय भएको हो । मन्त्रालयले भारतीय नागरिकलाई आरोहणको प्रबन्ध मिलाउने सेभेन समिट ट्रेक प्रा.लि.लाई समेत नगद ५० हजार जरिवाना गरेको छ ।



×
Berita Terbaru Update