बेनी
माघ २१
संवैधानिक परिषद्को सिफारिशमा नियुक्त भएका पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोबीच संवैधानिक अङ्गका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ खुवाएका हुन् ।
त्यस्तै अन्य सदस्यहरुलाई संवैधानिक अङ्गका प्रमुखले शपथग्रहण गराएका छन् । राष्ट्रपतिको उपस्थितिमा भएको शपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायत सहभागी थिए।
नियुक्तिप्रति नै असहमति जनाएका सभामुख अग्नि सापकोटाले भने शपथग्रहण समारोह बहिष्कार गरेका छन् । सापकोटाले संसदीय सुनुवाईका लागि पठाइएको निर्णयको सक्कल प्रति फिर्ता गरेका थिए । उनी सिफारिस हुने बैठकमा पनि सहभागी भएका थिएनन् ।
मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा पूर्व सचिव प्रेम राई र आयुक्तहरुमा जयबहादुर चन्द र किशोर सिलवाललाई सिफारिस गरेको थियो ।
त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर, निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र जानकारी तुलाधरलगायत विभिन्न आयोगहरुमा ४५ जनाको नियुक्ति सिफारिस गरेको थियो ।