Notification

×

Iklan

Iklan

‘एमाले ब्युँतिएको’ खुशीमा बेनीमा दीप प्रज्ज्वलन

Sunday, March 7, 2021 | March 07, 2021 WIB Last Updated 2021-12-30T03:23:38Z

बेनी

फागुन २३




साविकको नेकपा एमाले पार्टी ब्युँतिएको खुशीमा म्याग्दी सदरमुकाम बेनीमा दीप प्रज्ज्वलन गरिएको छ । राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियू, म्याग्दीको आयोजनामा आइतबार साँझ शहीद स्मृति भवन, हाँडेभिरबाट शुरु भएको नारासहितको र्याली बजार परिक्रमापछि क्याम्पसचोकमा पुगी दीप प्रज्ज्वनलसहित कोण सभामा परिणत भएको हो ।


कोणसभामा बोल्दै मदन भण्डारी फाउण्डेशन म्याग्दीका अध्यक्ष चन्द्रकुमार केसीले सर्वोच्च अदालतको निर्णयले पूर्व एमालेहरुलाई एकै ठाउँमा उभ्याउने विचार व्यक्त गरेका थिए । 




कार्यक्रममा बोल्दै साविक नेकपा गण्डकी प्रदेश सदस्य खुमबहादुर बानियाँले सर्वोच्च अदालतको निर्णयले पूर्व एमालेहरुमा खुशी छाएको बताउँदै कसैले पनि सर्वोच्च अदालतको निर्णय मान्दिन भन्न नपाइने विचार व्यक्त गरेका थिए ।


अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माको अध्यक्षता तथा राष्ट्रिय यूवा संघका पूर्व केन्द्रीय सदस्य दिनेश केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन अनेरास्ववियूका नेता सावित्री केसीले गरेकी थिइन् ।


दीप प्रज्ज्वलन कार्यक्रममा कार्यक्रममा धवलागिरी, मङ्गला र मालिका गाउँपालिकाका उपाध्यक्षहरु क्रमशः रेशम छन्त्याल, सिर्जना केसी र खरमायाँ बिटालुलगायतको सहभागिता रहेको थियो । तर, साविक एमालेको जिल्लाका पदाधिकारी तहका नेताहरुको भने सहभागिता रहेको थिएन ।




सर्वोच्चको अदालतको आइतबारको फैसलाले ओली र प्रचण्डले नेतृत्व गरेको नेकपाको आधिकारिकता खारेज गर्दै ऋषि कट्टेलको नेकपाले आधिकारिता पाउने फैसला सुनाएको थियो । साथै केपी शर्मा ओली र प्रचण्डले नेतृत्व गरेको नेकपा दर्ता खारेजी हुने र ती दुई दलको अवस्थामा २०७५ जेठ २ गतेको अवस्थामा (नेकपा एमाले र माओवादी केन्द्रका रुपमा) पुगेको उल्लेख गरेको थियो ।


फैसलामा ती दलहरू अब उप्रान्त एकताका लागि तयार भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा प्रचलित कानून बमोजिम गर्न गराउन निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरेको छ ।



×
Berita Terbaru Update