Notification

×

Iklan

Iklan

ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते

Thursday, March 11, 2021 | March 11, 2021 WIB Last Updated 2021-12-30T03:23:33Z

बेनी 

फागुन २७




म्याग्दीको गलेश्वरधाममा दर्शन र पूजा गरी बेनीतर्फ फर्कंदै गरेका यात्रु सवार ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ध १ ज ४७५ नम्बरको ट्याक्सी दुर्घटना हुँदा पर्वतको कुस्मा नगरपालिका–५ को एकै परिवारका पाँच जना घाइते भएका हुन् । 


जिल्ला प्रहरी कार्यालय म्याग्दीका निरीक्षक डाक्टरप्रसाद चौधरीका अनुसार कुस्माका ६५ वर्षीय पृथ्वीनारायण शर्मा, ४३ वर्षीया सुनिता पौडेल, ३० वर्षीया लक्ष्मी शर्मा, ९ वर्षीय हिमांशुु पौडेल र ४ वर्षीया हिमानी पौडेल घाइते भएका छन् ।




घाईतेको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाईतेको अवस्था खतरामुक्त रहे पनि थप उपचारका लागि रिफर गरिएको बेनी अस्पतालले जनाएको छ । चालकले ट्याक्सी स्टार्ट गरी गाडीबाट बाहिर निस्किएको अवस्थामा ट्याक्सी खसेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।



×
Berita Terbaru Update