Notification

×

Iklan

Iklan

एमाले म्याग्दीको कार्यालयमा होर्डिङ बोर्ड फेरियो

Tuesday, March 9, 2021 | March 09, 2021 WIB Last Updated 2021-12-30T03:23:35Z

 बेनी 

फागुन २५




नेकपा एमाले म्याग्दीको कार्यालय भवनमा नयाँ होर्डिङ बोर्ड राखिएको छ । सर्वोच्च अदालतको आइतबारको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि ‘नेकपा’ उल्लेख भएको बोर्ड झिकेर ‘नेकपा एमाले’ म्याग्दीको नाम र बोर्ड फेरिएको हो ।




अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले अदालतको फैसलापछि मङ्गलबार पार्टी कार्यालय, शहीद स्मृति भवनमा पुगेका नेता–कार्यकर्ताहरुले पार्टीको नयाँ नाम र बोर्ड परिवर्तन गरेको जानकारी दिएका छन् । “सम्मानित अदालतको आदेश आएपछि हामीले आइतबार नै खुशी साटासाट गरिसकेका थियौं,” विश्वकर्माले भने, “आज नयाँ बोर्ड र नाम परिवर्तन गरेका छौं । यो अभियानलाई गाउँ तहसम्म निरन्तरता दिन्छौं ।”


२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त भवन खासै प्रयोगमा थिएन । तर, पार्टीभित्र किचलो बढ्दै जाँदा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरिदिए भने कुन पार्टी आधिकारिक भन्ने विवाद पनि सँगसँगै अदालत पुग्यो । 


यसैबीच सर्वोच्च अदालतको आइतबारको फैसलाले नेकपाको आधिकारिकता ऋषि कट्टेलको पोल्टामा मात्रै पुगेन, नेकपा एमाले र माओवादी केन्द्रको आआफ्नो हैसियत पनि प्रष्ट पारिदिएको छ ।



×
Berita Terbaru Update