Notification

×

Iklan

Iklan

नेपाल–खनाल समूहको अभियान घोषणा आज

Friday, April 2, 2021 | April 02, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

 बेनी

चैत २१




नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले आज संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी विशेष अभियानको घोषणा गर्ने भएको छ । सो समूहको शुक्रबार बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’लाई अगाडि बढाउने निर्णय गरेको हो ।


यूवा नेता योगेश भट्टराईका अनुसार शुक्रबारको बैठकमा संगठन निर्माण, प्रशिक्षणलगायतका विषयलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको र शनिबारको बैठकले त्यसको टुङ्गो लगाएर अभियानको रुपमा अघि बढाउनेछ ।


उनका अनुसार बैठकमा राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामा १० वटा टोलीबाट आएको सुझावलाई समेटेर तयार भएको ‘राजनीतिक प्रतिवेदन’माथि समेत छलफल भएको थियो । 


बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध गरेको छ । कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरीत र पूर्वाग्रही भएको निष्कर्ष सुुनाउँदै नेता भट्टराईले भने, “यसले कमरेड केपी ओली एमालेलाई विभाजित गर्न उद्यत हुनुहुन्छ भन्ने पुष्टि हुन्छ । यसकोे निन्दा र भर्त्सना गर्छौं ।”


एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेताद्वय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । उनले चैत १६ गते वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यही कारबाही गरेका थिए ।


नेपाल समूहले एमाले पुनर्जिवित गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको छ भने पार्टी एकता रक्षा गर्न र यसको पक्षमा जनमत निर्माण गर्न देशभरका कार्यकर्तालाई अनुरोध गरेको छ ।


×
Berita Terbaru Update