Notification

×

Iklan

Iklan

२५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयकाे सिफारिस

Friday, April 9, 2021 | April 09, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी 

चैत २७




काेराेना सङ्क्रमणकाे दाेस्राे लहर फैलिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । आज बस्ने  कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) काे बैठकले यसबारे निर्णय गर्न सक्ने बताइएको छ ।


कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको हाे ।


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले फैलिँदाे सङ्क्रमणलाई दृष्टिगत गर्दै उपयुक्त निर्णय लिन सिफारिस गरिएको जानकारी दिएका छन् ।


मन्त्रालयकाे सिफारिसका आधारमा सिसिएमसी बैठकले निर्णय गरेमा विद्यालयकाे पठनपाठन बन्द हुनुका साथै आगामी वैशाखमा काठमाडौंमा हुने तय भएको त्रिकोणात्मक क्रिकेट सिरिज प्रभावित हुनसक्नेछ ।


×
Berita Terbaru Update