Notification

×

Iklan

Iklan

प्राध्यापक तथा समालोचक सुवेदीको निधन

Monday, May 17, 2021 | May 17, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

जेठ ३




प्राध्यापक तथा समालोचक राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । केही दिनयता काठमाडौंस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको सुवेदीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।



वि.सं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध, समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा ३७ वर्ष अध्यापन गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक थिए । 



नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले सुवेदीको निधनले साहित्य क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपूरणीय क्षति भएको बताए। विषयवस्तुको गहिराईमा पुगेर वास्तविकता खोतल्न सक्ने सफल समालोचक एवं साहित्यकारका रुपमा सुवेदीको अभाव महशुस भैरहने उपाध्यायको भनाइ छ ।



×
Berita Terbaru Update