Notification

×

Iklan

Iklan

नेपालमा अहिलेसम्मकै सर्वाधिक सङ्क्रमण पुष्टि

Saturday, May 1, 2021 | May 01, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

 बेनी

वैशाख १८




पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट ५,७६३ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा १४ हजार ९६९ नमुना परीक्षण गर्दा ती सङ्क्रमित भेटिएका हुन् ।


मन्त्रालयका अनुसार थप १९ जनाको मृत्यु भएको छन् भने १२८७ जना निको भएका छन् । पछिल्लो आँकडासँगै अहिले नेपालमा सकृय सङ्क्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।


कोरोना भाइरसको महामारी शुरु भएयता नेपालमा २४ घण्टाको अवधिमा सङ्क्रमण पुष्टि भएको यो पहिलोपटक हो । 

यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।



×
Berita Terbaru Update