Notification

×

Iklan

Iklan

चीनमा भेटियो मानव प्रजातिको नयाँ खप्पर

Saturday, June 26, 2021 | June 26, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

असार १३




चीनमा नयाँ नयाँ प्रजातिको मानवको प्राचीन खप्पर फेला परेको छ । चिनियाँ वैज्ञानिकहरूले बिलकुलै नयाँखाले मानव खप्पर सार्वजनिक गरेका हुन् ।


अध्ययनमा संलग्न वैज्ञानिक टोलीले यो प्रजाति आधुनिक मानवको हलसम्म थाहा भएका नियान्डरथल र होमो इरेक्टसजस्ता आदिम मानवभन्दा नजिकको पुर्खा भएको दाबी गरेको छ ।


ड्रागन म्यान उपनाम दिइएको खप्पर पूर्वी एशियामा कम्तीमा १,४६,००० वर्षअघि जीवित रहेको मानव प्रजातिको भएको बताइएको छ ।


अध्ययनका क्रममा वैज्ञानिकहरुले उक्त खप्पर सन् १९३३ मै उत्तर–पूर्वी चीनको हार्बिनमा भेटिएको तथ्य हालैमात्र पत्ता पाएका हुन् ।


सो खप्परको विश्लेषण द इनोभेसन जर्नलमा प्रकाशित भएको छ ।


बेलायतका मानव विकासविज्ञ तथा चिनियाँ खप्पर अध्ययन टोलीका एक जना सदस्य प्राध्यापक क्रिस स्ट्रीङ्गरले भने, “गएको दश लाख वर्षको जीवावशेषको सम्बन्धमा यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा महत्वपूर्णमध्ये एक हो ।“ 


“हामीले भेटेको कुरा मानव जातिको एउटा यस्तो हाँगो हो जुन होमो सेपियन्स (आधुनिक मानव) बन्ने लहरमा थिएन तर यो क्षेत्रमा हजारौँ वर्ष जीवित रहेर अन्ततः लोप हुन पुग्यो ।“


अध्ययनकर्ताहरूका अनुसार यो खोजले मानव विकास इतिहासको पुनर्लेखन गर्न सक्ने सम्भावना बोकेको छ ।


उनीहरूको विश्लेषणमा यो प्रजाति नियान्डरथलभन्दा नजिक आधुनिक मानव प्रजातिसँग देखिएको छ ।


यो प्रजातिलाई वैज्ञानिकहरुले होमो लङ्गी नाम दिएका छन् ।


चिनियाँ भाषामा लङ्गीकोे अर्थ ड्रागन भन्ने हुन्छ ।


“हामीले लुप्त भएको एउटा हाँगो भेटेका छौँ,“ चिनियाँ वैज्ञानिक सिजुङ् नीले भने । “यो यति राम्रो अवस्थामा भेटिएको कुरा विश्वासै गर्न सकिने थिएन । यो साँच्चै नै गजबको खोज हो ।“ यो खप्पर अन्य मानव प्रजातिको भन्दा ठूलो छ र यसको मस्तिष्क हाम्रो प्रजातिको आकारको छ ।


ड्रागन म्यानको ठुलो र झन्डै चारकुने परेको आँखा, बाक्लो आँखीभौँ, चौडा मुख र ठूलो दाँत भएको देखिन्छ । यो खप्पर सन् १९३३ मा सोङ्हुवा नदीमाथि पुल बनाउन खटिएका एक ज्यामीले भेट्टाएको बताइएको छ ।




खप्पर भेटिएको ठाउँ त्यसबेला जापानीहरुको नियन्त्रणमा भएको र ती चिनियाँ ज्यामीले यो खप्परको पुरातात्विक महत्व हुनसक्ने अनुमान गरेर घर लगेर इनारमा हालेका थिए ।


सो इनारमा लगभग ८० वर्ष रहेको यो खप्परको बारेमा मृत्युको समयमा उनले परिवारलाई भनेका कारण वैज्ञानिकहरूको हात परेको थियो ।


चीनमा भेटिएको मानव खप्परबारे वैज्ञानिकहरुको दावी पुष्टि भएमा मानव जातिको इतिहासबारे अहिलेसम्मका निष्कर्षहरु सच्याउनुपर्ने अवस्था आउने विश्लेषकहरुको भनाइ छ ।


बिबिसीको सहयोगमा


×
Berita Terbaru Update