Notification

×

Iklan

Iklan

‘घरमा बसेका कोरोना सङ्क्रमितले जथाभावी औषधि नखानू’

Wednesday, November 4, 2020 | November 04, 2020 WIB Last Updated 2021-12-30T03:25:48Z

 

बेनी

कात्तिक १८


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितलाई जथाभावी औषधि नखान आग्रह गरेको छ । 




मन्त्रालयले बुधबार आयोजना गरेको ‘मिडिया ब्रिफिङ’का क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो आग्रह गरेका हुन् । “चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह नलिई आफुखुशी औषधि खाने गरेको पाइएको छ,” गौतमले भनेका छन्, “कोरोना सङ्क्रमण निको भएकासँग सोधेर जथाभावी औषधि खाँदा नकारात्मक असर पर्न भएकोले डाक्टरको सल्लाह नलिई औषधि नखानुहोला ।”


होम आइसोलेसनमा बस्दा अनावश्यक चिन्ता लिन नहुने बताउँदै डा. गौतमले आफूलाई व्यस्त राख्न फिल्म हेर्ने, पत्रपत्रिका पढ्ने, किताब पढ्ने र सिर्जनात्मक काम गर्न पनि सुझाएका छन् ।


स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार अहिले नेपालभर ३० हजारभन्दा बढी कोरोना सङ्क्रमित होम आइसोलेसनमा छन् ।


३३ सय नयाँ सङ्क्रमित

यसैबीच पछिल्लो २४ घण्टामा नेपालभर थप ३ हजार ३०९ जनामा कोरोना भाइरकेको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।


त्यस्तै नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट निको हुनेको संख्या एक लाख ४४ हजार ८७८ पुगेको छ । पछिल्लो २४ घन्टामा  ३८४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।



×
Berita Terbaru Update