Notification

×

Iklan

Iklan

प्याब्सन भन्छः शिक्षण संस्था बन्द नगरौं

Sunday, April 11, 2021 | April 11, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

चैत २९




कोरोना भाइरसको दोस्रो लहर बढ्ने आशंकासहित सरकारले शिक्षण सस्था बन्द गर्ने तयारी गरेपछि निजी लगानीका विद्यालयको छाता सङ्गठन (प्याब्सन) ले असन्तुष्टि जनाएको छ ।


निजी लगानीका विद्यालयहरुको छाता संगठनको नाताले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याव्सन)ले विज्ञप्ति जारी गदै यसअघि विद्यालय बन्द गरेर कोरोना रोक्न नसकेको भन्दै विद्यालय बन्द गर्न नगर्न सरकार समक्ष आग्रह गरेको हो ।



कोरोना सङ्क्रमणको वृद्धिदर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भएको अवस्थामा सम्बधित विद्यालय अथवा पालिका स्तरमा मात्र केही निश्चित समयका लागि प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु सञ्चालनको वातावरण सृजना गर्न समेत माग गरिएको छ ।


सरकारकै केही निकायहरुले विद्यालयहरु भौतिक रुपमा बन्द गराई अनलाईनबाट पठनपाठन जारी राख्ने भनी कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सिफारिस गरिएकोमा पनि प्याब्सनले आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ ।


 

×
Berita Terbaru Update