Notification

×

Iklan

Iklan

धौलागिरी हिमालमा भेटिएको फोहोर अभ्नी भेन्चर्सलाई

Saturday, May 22, 2021 | May 22, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

जेठ ९




म्याग्दीको मुदीमा पर्ने धौलागिरी हिमाल सरसफाईका क्रममा संकलन गरिएको फोहोर पुनः प्रयोगका लागि हस्तान्तरण गरिएको छ । 


‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत संकलन गरेको फोहोर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले अभ्नी भेन्चर्सलाई शुक्रबार हस्तान्तरण गरेका हुन् । 


अभियानका क्रममा नेपाली सेनाको टोलीले पाँच हजार २० किलो फोहोर संकलन गरेको जानकारी दिँदै सहायक रथी खड्काले सोमध्ये कुहिने किसिमको ३ सय किलो फोहोर म्याग्दीको धवलागिरी गाउँपालिकालाई बुझाइएको थियो । 


बाँकी रहेको नकुहिने  चार हजार ७०० किलो फोहोर पुनर्प्रयोगका लागि अभ्नीलाईृ हस्तान्तरण गरिएको हो । 


फोहोर संकलनका क्रममा फेला परेको दुई मानव कंकाल अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि जेठ ५ गते जिल्ला प्रहरी कार्यालय, म्याग्दीलाई बुझाइएको छ । 


सफा हिमाल अभियान अन्तर्गत अहिले ६ वटा हिमालको सफाइ भइरहेको छ ।


×
Berita Terbaru Update