बेनी
जेठ २५
कोरोना महामारी रोकथामविरुद्ध म्याग्दीमा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्बिएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) म्याग्दीको बैठकले यस्तो निर्णय गरेको हो ।
हाल जारी रहेको निषेधााज्ञाले कोरोना संक्रमणको ‘चेनब्रेक’ भए पनि बस्ती स्तरमा अपेक्षित परीक्षण नभएको कारण देखाउँदै निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । तथ्याङ्कमा संक्रमण दर घटेको देखिएको छ तर, समुदायस्तरमा परीक्षण घटेको, जिल्लाका केही गाउँ बस्तीहरुमा कोरोनाका शंकास्पद विरामी रहेको आशंकामा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्बिएको डिसिसिएमसी म्याग्दीले जनाएको छ ।
निषेधाज्ञाको अवधिमा आइतबार र बुधबार १० देखि २ बजेसम्म बैंक तथा वित्तीय संस्था खोल्ने तथा किराना पसलहरु बिहान ५ देखि १० बजेसम्म खोल्न पाइने निर्णय यथावत् छन् ।
अहिले म्याग्दीमा कोरोनाका २९१ जना सकृय संक्रमित छन् ।
