बेनी
असोज २५
नेपाल राष्ट्र बैंकले यस वर्षको बडादशैंमा नयाँ नोट वितरण नगर्ने भएको छ । बैंकले दशैं लगायतका चाडपर्वमा साना नोटको सटही गर्दै आएकोमा यसपटक कोरोना भाइरसको सम्भावित जोखिम दृष्टिगत गर्दै नयाँ नोट नसाट्ने भएको हो ।
कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण नेपालमा पनि बढ्दै गैरहेको, नोट सटही गर्दा बैंकमा अनावश्यक भीड बढ्ने र यसले गर्दा बैंक कर्मचारी तथा सर्वसाधारणको स्वास्थ्यमा जोखिम बढ्ने भएकोले नयाँ सटही गर्न नसकिने बैंकले जानकारी दिएको छ ।
‘नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने जोखिम उच्च भएकोले,’ बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘यस बैंकका कुनै पनि कार्यालयबाट बडादशैंको प्रयोजनको लागि नयाँ नोट सटही गर्ने सुविधा प्रदान नगरिने ब्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।’