Notification

×

Iklan

Iklan

३ हजार ७९० जनामा कोरोना सङक्रमण

Monday, October 19, 2020 | October 19, 2020 WIB Last Updated 2021-12-30T03:26:07Z

 बेनी 

कात्तिक ३



पछिल्लो २४ घण्टामा थप ३ हजार सात सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा १३७६ महिला र २४१४ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।


यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । उनीहरुमध्ये ७८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।




प्रवक्ताका अनुसार ९४ हजार ५०१ जना सङ्क्रमणमुक्त भएका छन् । यसमध्ये पछिल्लो २४ घण्टामा मात्र २३३५ जना सङ्क्रमणमुक्त भएका हुन् ।


मन्त्रालयका अनुसार देशभर ४० हजार ७ सय ७८ संक्रिय सङ्क्रमित छन् । त्यसमध्ये २६ हजार ९ सय २७ जना होम आइसोलेसनमा छन् । बाँकीमध्ये २८२ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


×
Berita Terbaru Update