Notification

×

Iklan

Iklan

धवलागिरीको विशेष साधारण सभाः पहिरो पीडितको पुनर्स्थापनामा जोड

Friday, October 16, 2020 | October 16, 2020 WIB Last Updated 2021-12-30T03:26:11Z

 बेनी 

असोज ३०



म्याग्दीको धवलागिरी गाउँपालिकाले पहिरोपीडितहरुको पुनस्र्थापनामा विशेष जोड दिने भएको छ । गाउँपालिकाको केन्द्र मुनामा बिहीबार सम्पन्न विशेष गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालले प्रस्तुत गरेको बजेट बाँडफाँट पारित गर्दै उक्त निर्णय गरिएको हो । गत आर्थिक वर्षमा खर्च हुन बाँकी बजेटबाट ३४ वटा योजना तथा कार्यक्रमका लागि तीन करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँ कार्यपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले जानकारी दिए । 



यसमध्ये पहिरो पीडितको आवास पुनर्निर्माणका लागि ४९ लाख ७३ हजार रुपैयाँ विनियोजन गरिएको र प्रकोप व्यवस्थापनका लागि थप ५० लाख रुपैयाँको कोष स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।



गत असार २५ र २६ गतेको पहिरोले गाउँपालिकाको मराङ र ताकममा ठूलो जनधनको क्षति पु¥याएको थियो । पहिरोबाट मराङको रिख, राम्चे, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा १९ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएका थिए । धवलागिरीको वडा न. ६ मा २४, वडा न. ७ मा ४२ र ५ मा ४ घर पूर्ण रुपमा क्षति भएको छ । विस्थापित भएकालाई एकीकृत बस्ती बनाई पुनस्र्थापना गर्न भूगर्भविद्को टोलीबाट अध्ययन तथा डिपिआर बनाउने समेत निर्णय गरिएको प्रवक्ता छन्त्यालले जानकारी दिए ।



विशेष गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष थमसरा पुनले क्षगितग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि मात्रै २६ करोड बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको र यसमा संघ र प्रदेश सरकारबाट समेत सहयोग प्राप्त हुने अपेक्षा सुनाइन् । 



गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल पौडेलले विशेष गाउँसभाले पारित गरेको बजेटलाई योजना र कार्यक्रममा उल्लेख भएअनुसार कार्यान्वयन गरिने जानकारी दिएका छन् । 


मेलाजात्रामा कडाइ

यसैबीच धवलागिरी गाउँकार्यपालिका बैठकले चाडपर्वको समयमा कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै अति आवश्यक परेका काममा बाहेक अनुमतिबिना गाउँपालिका भित्रन, एउटा बस्तीदेखि अर्को बस्ती आवतजावतमा रोक लगाएको छ । 




वडाका अध्यक्ष लगायत जनप्रतिनिधिसँग समन्वय गरेर मात्र आवतजावत गर्न दिइने तर, यदि कसैले अटेर गरी कार्यपालिकाको निर्णय नमानेमा जिल्ला प्रशासन कार्यालयको सहयोगमा संक्रामक रोग निवारण ऐन २०२० अनुसार कारवाही गरिने निर्णय पनि बैठकले गरेको छ । 


×
Berita Terbaru Update