Notification

×

Iklan

Iklan

कोरोनाबारे सोधखोज गर्न दरबाङमा ‘घरदैलो अभियान’

Saturday, November 7, 2020 | November 07, 2020 WIB Last Updated 2021-12-30T03:25:43Z

 बेनी

कात्तिक २३


समुदायस्तरमा कोरोनाको जोखिमबारे आँकलन गर्न मालिका गाउँपालिकाले ‘घुम्ती परीक्षण शिविर’ सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र दरबाङ बजारमा शनिबारदेखि उक्त अभियान शुरु भएको हो । 




अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको मालिका गाउँपालिकाले यसबीचमा सर्वसाधारणको घरदैलोमै पुग्नेगरी अभियान शुरु गरेको हो । 


यसक्रममा कोरोनाबाट जोगिने उपायबारे जानकारी गराउनुका साथै थर्मल गनबाट ज्वरोसहित कोरोनाका लक्षणका बारेमा जानकारी गराइएको गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले जानकारी दिइन् । एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि समुदायमा संक्रमण फैलिन नदिन अनिवार्यरुपमा स्वास्थ्य मापदण्ड कायम गर्ने, मास्क, सेनिटाइजरको प्रयोग गर्ने, भौतिक दुरीमा रहने लगायतका जानकारी गराइएको उपाध्यक्षको भनाइ छ ।




कोरोनाको लक्षण देखिएका विरामीको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइने मालिका–६ का वडा अध्यक्ष सन्तनाथ सुवेदीले जानकारी दिए । “बन्दको अवधिमा हामी समुदायस्तरमा पुग्ने कार्यक्रम छ,” वडा अध्यक्ष सुवेदीले भने, “यसबीचमा कोरोनाका लक्षण देखिएका व्यक्तिको नमुना संकलन गरी परीक्षणका लागि पठाउँछौं ।” 


मालिका आगामी कात्तिक २८ गतेसम्म अतिआवश्यकबाहेकका सबै सेवा बन्द गरेको छ ।



×
Berita Terbaru Update