Notification

×

Iklan

Iklan

लोमान्थाङमा फुटबल मैदान बनाउन बजेट अभाव

Sunday, November 15, 2020 | November 15, 2020 WIB Last Updated 2021-12-30T03:25:25Z

 बेनी

कात्तिक ३०



हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा निर्माणाधीन खेलग्रामका लागि बजेटको अभाव भएको छ । खेलग्राम स्थापनाका लागि पहिलो चरणअन्तर्गत १ करोड रुपैयाँ बराबरको काम भएको तर, थप बजेटको अभावमा काम रोकिएको बताइएको छ । 


लोमान्थाङ गाउँपालिकाको किमलिङमा निर्माणाधीन खेलग्राम 



फुटबल मैदान निर्माणको लागि छुट्टाइएको १ करोड रुपैयाँको बजेटबाट जमिन सम्याउने देखि पर्खाल लगाउने काम पुरा गरिएको छ । अब छुट्टाइने बजेटबाट मैदानको दक्षिणतर्फ फेन्सिङ लगाउने र उत्तरतर्फ प्याराफिट निर्माण गर्ने योजना रहेको छ ।


गण्डकी प्रदेशका सांसद एवं लोमान्थाङका स्थानीय ईन्द्रधारा विष्टले लोमान्थाङमा बन्ने खेलग्राम सबैभन्दा उचाईको खेलग्राम बन्ने विश्वास व्यक्त गरे । “गत वर्ष छुट्ट्याइएको एक करोड बजेटबाट जमिन सम्याउने काम भएको छ । अहिले खेलमैदानमा दुबो उमार्न शुरु भएको छ,” सांसद बिष्टले भने, “अब गोलपोष्ट बनाएपछि खेल्न मिल्छ ।” संघीय सरकारबाट प्राप्त सहयोगबाट ३ सय मिटर लामो पर्खाल निर्माण गरिएको र अब ‘फेन्सिङ’को काम बाँकी रहेको सांसद बिष्टको भनाइ छ । 


खेलग्राम निर्माणपछि वर्षको ६ महिना खेल्न सकिनेछ । लोमान्थाङबाट गाडीमा १० मिनेटभित्रमा मैदान पुग्न सकिन्छ । उनले पूर्वाधारको रुपमा फुटबल मैदानसहित चेन्जिङ रुम, शौचालय, प्याराफिट निर्माणको योजना रहेको बताए ।


“पर्यटन मात्रै होईन, उपल्लो मुस्ताङ खेलकुदको गन्तव्यको रुपमा समेत परिचय गराउने हाम्रो सोच हो”, बिष्टले भने, “त्यही सोचलाई मूर्तरुप दिन खेलग्रामको निर्माण गत वर्षदेखि नै थालेका हौं ।” 


बिष्टका अनुसार एक करोड बराबरको रकमको काम भैसकेको तर, थप बजेट अभावमा काम रोकिएको हो ।


खेलग्राममा फुटबल मैदानसहित, लङ टेनिस कोर्ट, भलिबल तथा बास्केटबल कोर्ट समेत निर्माण गर्ने योजना रहेको उनको भनाइ थियो । किमलिङ–६ मा निर्माणाधीन खेलग्राम ३ सय ८ मिटर लम्बाई र १२० मिटर चौडाईको छ । मैदानको पूर्वतर्फ १ सय २० मिटर लम्बाईको पर्खाल लगाइएको छ । पर्खाल ५ मिटर अग्लो र सवा दुई मिटर चौडाईको छ । उत्तरतर्फ १५ सय दर्शक क्षमताको प्याराफिट बनाउने बजेट माग गरिएको सदस्य विष्टले बताए ।


डिपिआर अनुसार फुटबल मैदान, प्याराफिट, बास्केटबल कोर्ट, भलिबल कोर्ट, भिआईपी भवन, चेन्जिङ रुमसहित पार्किङ एवं शौचालय निर्माण गरिने छ । निर्माण कार्य स्थानीय किमलिङ खेलग्राम निर्माण उपभोक्ता समितिले गरिरहेको छ । लोमान्थाङ पोखरादेखि २४० किलोमिटर दुरीमा रहेको प्रतिवदेनमा उल्लेख छ । 


समुद्री सहतदेखि ३ हजार ७ सय ५० मिटरको उचाईमा निर्माणाधीन खेलग्राम गण्डकी प्रदेशकै उचाइको खेलग्राम बन्नेछ । खेलग्राम निर्माणपछि हाइअल्टिच्युडका खेल प्रशिक्षण गर्न सहज हुने सासद बिष्टको भनाइ छ । 



×
Berita Terbaru Update