Notification

×

Iklan

Iklan

शर्त पूरा गरी विद्यालय सञ्चालन गर्न पाइने

Sunday, November 15, 2020 | November 15, 2020 WIB Last Updated 2021-12-30T03:25:25Z

 बेनी

कात्तिक ३०


सरकारले कोभिड–१९ बाट जोगिन न्यूनतम मापदण्ड पूरा गरी विद्यालय खोल्न सकिने गरी कार्यढाँचा पारित गरेको छ । यही कात्तिक २० गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त प्रस्ताव पारित भएको हो ।


साङ्केतिक तस्विर



नयाँ कार्यढाँचा अनुसार विद्यालय खोल्दा पर्याप्त मात्रामा पानी, हात धुने ठाउँ, साबुन र अरु सरसफाईका सामग्रीको व्यवस्था गर्नुपर्ने भएको छ ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा–२०७७ जारी गर्दै सरसफाईका सामग्रीको व्यवस्था गरी पर्याप्त प्रकाश र हावा आवत जावत गर्ने कक्षाकोठामा कक्षा सञ्चालन गर्न भनेको छ ।




सङ्क्रमणको जोखिम नभएको वा कम हुँदै गएको पालिकाले विद्यालयहरूसँगको समन्वयमा विद्यालय सञ्चालनको निर्णय गर्नुपर्ने र त्यसको लागि विद्यालयहरूमा उपयुक्त कक्षाकोठा तथा सरसफाईको आवश्यक सामग्री पर्याप्त भएको यकिन गर्नुपर्ने व्यवस्था छ । शिक्षक, विद्यालयका कर्मचारी, विद्यार्थी सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दुरी कायम गर्नुपर्ने, लगायतका व्यवस्था कार्य ढाँचामा उल्लेख छ ।


यस्तै सबै विद्यार्थीको शरीरको तापक्रम नाप्ने, कुनै विद्यार्थी, शिक्षक वा कर्मचारी बिरामी परेमा विद्यालय आउन नहुने लगायतका व्यवस्था पनि सरकारले गरेको छ ।


गएको चैत पहिलो हप्तादेखि बन्द रहेका विद्यालयमा असारदेखि भर्चुअल कक्षाहरू औपचारिक रूपमा सञ्चालन भइरहेका छन् भने अब पालिकाले निर्णय गरेर विद्यालय सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । कार्य ढाँचामा विद्यालय सञ्चालनका लागि विद्यालय, पालिका, प्रदेश सरकारले गर्नुपर्ने कामहरु पनि तोकिएको छ । 

 


×
Berita Terbaru Update