Notification

×

Iklan

Iklan

९० वर्षीय वृद्धाले लगाइन् कोरोनाविरूद्धको पहिलो खोप

Tuesday, December 8, 2020 | December 08, 2020 WIB Last Updated 2021-12-30T03:25:00Z


एजेन्सी

लन्डन, मंसिर २३



                                      नर्स मेबाट खोप लिँदै गरेकी ९० वर्षीया मार्गरेट किनान 


बेलायतमा ९० वर्षीया वृद्धाले कोरोना भाइरसविरूद्धको खोप लगाएकी छन् । औषधी निर्माता कम्पनी फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाविरूद्धको खोप लगाउने उनी विश्वकै पहिलो व्यक्ति बनेकी छिन् ।


बेलायत सरकारले कोरोनाविरूद्धको खोप वितरण गर्न अनुमति दिएपछि राष्ट्रिय स्वास्थ्य सेवा मंगलबार खोप वितरण गर्ने कार्यक्रम आयोजना गरेको द गार्डियनले जनाएको छ । 


मंगलबार बिहान पौन ६ बजेतिर मार्गरेट किनानले खोप लगाएर खोप लगाउने कार्यक्रमको उद्घाटन भएको थियो । 



बेलायतका ५० वटा अस्पतालमा खोप लगाउन दिइएको छ । त्यहाँ भर्ना भएका ८० वर्ष माथिका बिरामी र डिस्चार्ज हुन लागेका बिरामीहरूलाई सुरूमा खोप दिइनेछ ।   


किनानले कोभेन्ट्रीको युनिभर्सिटी हस्पिटलका नर्स मे पार्सन्सबाट खोप लिएकी हुन् । 


किनान पहिले ज्वेलरी पसलमा काम गर्थिन् भने चार वर्षअघिमात्रै सन्यास लिएकी हुन् । उनी अर्को हप्ता ९१ वर्ष पुग्दैछिन् ।


उनका एक छोरी, एक छोरा र चार नातिनातिना छन् । 



“कोरोना भाइरसविरूद्धको खोप लगाउने पहिलो व्यक्ति भएकोमा मलाई विशेष महशुस भएको छ, यो मैले चाहेको जन्मदिनको उत्तम गिफ्ट हो किनकी एक्लै बसेको करिब एक वर्षपछि म मेरो परिवार र साथीहरू नयाँ वर्षमा समय बिताउन सक्छु,” उनले भनिन् ।


उनले आफ्नी नर्स मे पार्सन्स र एनएचएसका कर्मचारीहरूलाई पनि धन्यवाद दिइन् ।


“यस्तो ऐतिहासिक दिनमा सहभागी हुन पाएकोमा म खुसी छु । एनएचएसमा काम गर्नु केही महिना हाम्रा लागि कठिन भएको थियो तर अब टनेलको अन्त्यमा प्रकाश परेको जस्तो महसुस भएको छ,” मेले भनिन् । 


फिलिपिन्सकी मे २४ वर्षदेखि एनएचएसमा काम गर्दै आएकी छिन् । 


बेलायतका प्रधानमन्त्रीले पनि एनएचएस तथा वैज्ञानिकहरूलाई धन्यवाद दिएका छन्। 


खोप लिएकी किनान करिब एक वर्षदेखि सेल्फ आइसोलेसनमा छिन् । उनी आउँदो क्रिसमसमा परिवारसँग बस्ने योजना बनाउँदै थिइन् ।


खोप लगाएपछि उनलाई ह्विल चियरमा राखेर आफ्नो वार्डमा फर्काइएको थियो ।


उनी पहिलो डोजको खोप पाउने चार लाखमध्ये एक हुन् । उनले अर्को डोज २१  दिन पछि पाउनेछिन् । 


खोप पाउने दोस्रो व्यक्ति ८१ वर्षीय बिलियन ‘विल’ सेक्सपियर हुन् । उनी कोभेन्ट्रीको अस्पतालमा भर्ना भएका छन्।


×
Berita Terbaru Update