Notification

×

Iklan

Iklan

माधव नेपाल दाेस्राे वरियताकाे अध्यक्ष चयन

Tuesday, December 22, 2020 | December 22, 2020 WIB Last Updated 2021-12-30T03:24:48Z

बेनी 

पुस ७ 


काठमाडौंकाे बबरमहलमा अायाेजित नेकपाको प्रचण्ड पक्षधर केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षमा छनाेट गरेको छ ।




वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई बैठकले सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए । नेपाल प्रचण्डपछिको दोस्रो वरियतामा रहनेछन् । यसअघि एमाले माओवादी एकीकरणका बेला ठूलो पार्टीको अध्यक्षको हैसियतमा केपी ओली पहिलो वरियताको अध्यक्ष बनेका थिए भने प्रचण्ड दोस्रो वरियतामा थिए ।


एकीकरणको बेला माधव नेपाललाई तेस्रो र झलनाथ खनाललाई चौथो वरियतामा राखिए पनि पछि खनाललाई दोस्रो वरियता दिइएको थियो । भोलि बस्ने संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गर्ने प्रचण्ड माधव समूहको तयारी छ ।


उक्त समूहको अर्को केन्द्रीय कमिटी बैठक बिहीबार बस्नेछ । संसद विघटनबारे त्यहीं बैठकमा छलफल हुने जनाइएको छ।

×
Berita Terbaru Update